बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो

बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो

२०७८, आश्विन ३ आइतवार

  • 797
    SHARES

  • बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो

    ढाका । बंगलादेशमा चीनमा निर्मित कोरोनाविरुद्धको थप ५० लाख खोप लगिएको छ । सो खोप शनिबार बगलादेश पुगेको बताइएको छ । चिनियाँ कम्पनी सिनोफार्मद्धारा निर्माण गरिएको सो खोप चीनको सहयोगमा बगलादेश पुगेको बताइएको हो । बंगलादेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता मैदुल इस्लाम प्रोधानले सो कुराको जानकारी दिए ।  

    प्रवक्ता मैदुलले भने, - शनिबार बंगलादेशको राष्ट्रिय एयरलाइन्स् विमान बंगलाबाट अपरान्ह २ बजे ५० लाख डोज खोप बंगलादेश आइपुगेको छ । चीन सरकारसँग भएको महामारी विरुद्धको लडाइँमा सहयोगस्वरुप बंगलादेशले सो खोप प्राप्त गरेको हो । चीन सरकारले बंगलादेशलाई यसअघि पनि खोप सहयोग गरेको थियो । 

    बंगलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म बगलादेशले चीनबाट करिब २ करोड ५० खोप सहयोग गरेको छ । यो सबै चीनले अनुदान स्वरुप बंगलादेशलाई उपलब्ध गराएको खोप भएको पनि बताइएको छ ।- एजेन्सी । 

    २०७८, आश्विन ३ आइतवार०४:१०:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार