अष्ट्रेलियाको मेलबर्न शहरमा लकडाउन हटाइँदै

अष्ट्रेलियाको मेलबर्न शहरमा लकडाउन हटाइँदै

२०७८, आश्विन ३ आइतवार

  • 877
    SHARES

  • अष्ट्रेलियाको मेलबर्न शहरमा लकडाउन हटाइँदै

    मेलबर्न । सरकारी लक्ष्यअनुुसारको खोप कार्यक्रम अन्तर्गतको रोडम्यप पूरा भएमा अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा अक्टोबरको अन्त्यमा कोरोना भाइरसको कारण भएको लकडाउनको अन्त्य हुने बताइएको छ ।  

    मेलबर्न शहरमा करिब ५० लाख मानिस गत अगस्ट ५ देखि घरमै बस्न आदेश दिइएको थियो । कोरोना महामारीको क्रममा मेलबर्न शहरमा यो छैठौँ पटकको लकडाउन हो । 

    मेलबर्न पनि सामेल रहेको भिक्टोरिया राज्यका अधिकारी लकडाउन हटाइने घोषणा गरेका जनाइएको छ ।  

    लकडाउन समाप्त हुनेछ अत्यावश्क कामका लागी तपाइँको घर छोड्न पाउने र कर्फ्यू अब रहने छैन, केही प्रतिबन्ध भने बाँकी रहने छ, मेलबर्नका एक स्वास्थ्य अधिकारीले बताएका छन् । 

    “लकडाउन समाप्त हुने र सीमित कारणका लागि घर छोड्नुपर्ने र कर्फ्यूको अवस्था अब नरहने पनि ती अधिकारीले जनाएका छन् ।- एजेन्सी । 

    २०७८, आश्विन ३ आइतवार०५:३४:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार