चीनमा ७८ प्रतिशत नागरिकलाई कोभिड–१९ खोप लगाइयो

चीनमा ७८ प्रतिशत नागरिकलाई कोभिड–१९ खोप लगाइयो

२०७८, आश्विन ४ सोमवार

  • 917
    SHARES

  • चीनमा ७८ प्रतिशत नागरिकलाई कोभिड–१९ खोप लगाइयो

    बेइजिङ । चीनमा शनिबारसम्म कोभिड–१९ खोप प्राप्त गर्ने व्यक्तिको कूल सङ्ख्या एक अर्ब १० करोड पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

    यो सङ्ख्या कूल जनसङ्ख्याको ७८ प्रतिशत हो । कोभिड–१९ प्रतिक्रियाको लागि राज्य परिषद् अन्तर–संस्थान कार्य दलको तथ्याङ्कअनुसार मुख्य भूमि चीनमा मा एक अर्ब दुई करोड भन्दा बढी मानिसहरूले कोभिडविरूद्धको खोपको पूरा मात्रा लगाइसकेका छन् । 

    चीनमा कोभिड–१९ विरूद्धको एक खोप लगाउनेको सङ्ख्या दुई अर्ब १७ करोडभन्दा बढी पुगेको छ । 

    कोभिड–१९ विरूद्धको खोप धेरै लगाउने विश्वका प्रमुख देशहरूमध्ये चीन एक भएको उक्त कार्यदलले बताएको छ । -एजेन्सी । 

    २०७८, आश्विन ४ सोमवार०७:१५:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार