अफगानिस्तानमा रहेको अनमिन मिसनलाई छ महिना थप गर्ने

अफगानिस्तानमा रहेको अनमिन मिसनलाई छ महिना थप गर्ने

२०७८, आश्विन ४ सोमवार

  • 1.2K
    SHARES

  • अफगानिस्तानमा रहेको अनमिन मिसनलाई छ महिना थप गर्ने

    पेरिस । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अफगानिस्तानमा रहेको सहायता मिसन अनमिनलाई छ महिना थप गर्ने निर्णय गरेको छ ।

    गत महिना तालिवानीले अफगानिस्तान नियन्त्रणमा लिएसँगै थप अनिश्चितता र अस्थिरतातर्फ गएको भन्दै १५ सदस्यीय राष्ट्रसंघीय सुरक्षा परिषद्ले अनमिनको अफगानिस्तान मिसनको म्याद थप गरेको हो ।

    राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई सन् २०२२ को जनवरी अन्त्यसम्म अनमिन मिशनलाई अफगानिस्तानमा काम गर्न अनुमति दिइएको बताएका हुन् । 

    अनमिनलाई हालको राजनीतिक, सुरक्षा र सामाजिक घटनाक्रमहरुको अनुगमनको कामलाई निरन्तरता दिन छ महिनाको म्याद थप गरिएको उनले बताए । 

    मिसनलाई अफगानिस्तानमा महिलाहरूको पूर्ण सम्मान, सार्थक सहभागिता र महिला बालबालिका, अल्पसंख्यकहरुसहित मानवअधिकारको समर्थन गर्न अधिकार दिएको राष्ट्रसंघले जनाएको छ ।- एजेन्सी । 

    २०७८, आश्विन ४ सोमवार०७:२५:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार