कर्णाली प्रदेश जनमोर्चा अध्यक्ष नेता एमालेमा

कर्णाली प्रदेश जनमोर्चा अध्यक्ष नेता एमालेमा

२०७८, आश्विन ४ सोमवार

  • 1.1K
    SHARES

  • कर्णाली प्रदेश जनमोर्चा अध्यक्ष नेता एमालेमा

    दैलेख । राष्ट्रिय जनमोर्चाका कर्णाली प्रदेश अध्यक्ष भरतबहादुर शाहीलगायत नेता तथा कार्यकर्ता आइतवार नेकपा (एमाले)मा प्रवेश गरेका छन् । उनीहरूलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित कार्यक्रममा प्रवेश गराएका हुन् । 

    प्रवेश गर्नेमा जनमोर्चाका दैलेख जिल्ला अध्यक्ष अम्बरबहादुर नेपाली, उपाध्यक्ष कविराज खत्री, सचिव सुरतबहादुर रावत, सहसचिव नवीन भट्टराई, सल्लाहाकार संयोजक पूर्णबहादुर शाही र सदस्य ओम रावललगायत छन् । 

    २०७८, आश्विन ४ सोमवार०७:३६:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार