काँग्रेस पदाधिकारी बैठक बस्दै

काँग्रेस पदाधिकारी बैठक बस्दै

२०७८, आश्विन ६ बुधवार

  • 1.0K
    SHARES

  • काँग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ ।

    प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो ३ः०० बजे बस्ने बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुने उनका प्रमुख स्वकीयसचिव भानु देउवाले जानकारी दिए । 

    मङ्गलबार सत्ता गठबन्धन दलका शीर्षनेताको बैठकमा काँग्रेस नेता डा नारायण खड्कालाई तत्काल परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति भएको थियो । पदाधिकारी बैठकमा सोबारे पनि छलफल हुने बताइएको छ ।

    यसैगरी काँग्रेसको महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशनको नयाँ मितिका बारेमा पनि आवश्यक निर्णय हुने बताइएको छ ।

    प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको पार्टीको क्रियाशील सदस्यता विवरण अझै सार्वजनिक हुन नसकेका कारण ती जिल्लामा यसअघिको वडा अधिवेशन कार्यतालिका प्रभावित भएको छ ।

    २०७८, आश्विन ६ बुधवार०९:०९:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार