एकीकृत समाजवादीले आज महासचिव टुंगो लगाउँदै 

एकीकृत समाजवादीले आज महासचिव टुंगो लगाउँदै 

२०७८, आश्विन ७ बिहिवार

  • 937
    SHARES

  • एकीकृत समाजवादीले आज महासचिव टुंगो लगाउँदै 

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज पार्टीको महासचिव टुंगो लगाउने भएको छ । अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पास गरेसँगै केन्द्रीय कमिटी बैठक अरु एजेण्डामा प्रवेश गरेको छ ।

    मंगलवारदेखि संचालित बैठकले राजनीतिक कार्यदिशा पास गरिसकेको छ भने महासचिवका लागि बैठक जारी रहेको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आजको बैठकले पार्टीको महासचिव टुंगो लगाउने छ भने स्थायी कमिटी र पोलिटब्यूरोलाई पनि अन्तिम रुप दिनेछ ।

    समाजवादीको महासचिवका लागि छ जना नेताहरुको दावी रहेको छ, जस अन्तर्गत बेदुराम भुसाल, मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, डा विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वालाको दावी रहेको बताईएको छ । 

    त्यसै गरि बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने र चुनाव चिह्न पनि छिट्टै टुंगो लगाउने निर्णय गरेको नेता खतिवडाको भनाई छ । 

    २०७८, आश्विन ७ बिहिवार०८:१५:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार