भारतमा थप ३१ हजार ९२३ जना कोरोना सङ्क्रमित

भारतमा थप ३१ हजार ९२३ जना कोरोना सङ्क्रमित

२०७८, आश्विन ७ बिहिवार

  • 913
    SHARES

  • भारतमा थप ३१ हजार ९२३ जना कोरोना सङ्क्रमित

    नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ३१ हजार ९२३ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या ३ करोड ३५ लाख ६३ हजार ४२१ जना पुगेका छन् ।

    सरकारी अधिकारीले बिहीबार बिहान दिएको जानकारीनुसार अहिले भारतमा सक्रिय सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख एक हजार ६०४ रहेका छन् । यो सङ्ख्या १८७ दिनपछि कै सबैभन्दा कम हो । भारतमा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या छ महिना पछिकै सबैभन्दा कम भएको बताइएको छ ।

    भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या पछिल्लो समयलगातार घट्दै गएको छ । दैनिक नयाँ सङ्क्रमितभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढी हँुदै गएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।

    सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ०।९० प्रतिशत भएको जनाइएको छ । सन् २०२० को मार्च महिनापछि अहिले सक्रिय सङ्क्रमितको यो संख्या सवैभन्दा कम हो ।

    पछिल्लो २४ घण्टामा ३१ हजार ९९० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको देखिएको अधिकारीले जनाएका छन् । योसँगै भारतमा अहिलेसम्म तीन करोड २८ लाख १५ हजार ७३१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

    यहाँ कोरोनाका कारण अहिलेसम्म चार लाख ४६ हजार ५० जनाको मृत्यु भएको छ । तीमध्ये २८२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको जनाइएको छ ।

    भारतमा कोरोना शुरु भएदेखि हालसम्म ५५ करोड ८३ लाख ६७ हजार १३ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको बताइएको छ ।

    यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो सयमदेखि हालसम्म ८३ करोड ३९ लाख ९० हजार ४९ डोज खोप लगाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । एजेन्सी ।

    २०७८, आश्विन ७ बिहिवार०४:१५:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार