काठमाडौं । नेपाल खेलकुद महासंघ काठमाडौं ३१ वडा कमिटी गठन भएको छ ।
नेकपा एमाले युवा नेता तथा खेलाडी विनोद दाहालको अध्यक्षतामा ३१ सदस्यीय कमिटी खेलकुद महासंघ काठमाडौं जिल्ला अध्यक्ष राजेश्वर स्थापितले घोषणा गरे ।

शनिवार काठमाडौंको नयाँ वानेश्वरमा एमाले वडा कमिटी अध्यक्ष एवं ३१वडा सदस्य हुमा आचार्यको अध्यक्षता र काठमाडौं महानगरपालिकाका प्रमुख विध्या सुन्दर शाक्यको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा प्रदेश सांसद एवं नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य गणेश प्रसाद दुलाल, जिल्ला कमिटी सदस्य एवं वडा अध्यक्ष नारायण प्रसाद भण्डारी, जिल्ला कमिटी सचिवालय सदस्य एवं युवा नेता धन बहादुर अछामी, जिल्ला कमिटी सदस्य उज्जन श्रेष्ठ, पुर्व क्षेत्रीय कमिटी अध्यक्ष केशव घिमिरे, खेलकुद महासंघ केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद सदस्य मानदेव हजारा, खेलकुद प्रदेश सचिव केपी ओली तथा काठमाडौं जिल्ला इन्चार्ज सफल श्रेष्ठ लगाएतको उपस्थितीमा कमिटी गठन भएको हो ।

२०४८ सालको आम निर्वाचनमा पुर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई तत्कालीन एमाले महासचिव मदन भण्डारीले हराएको क्षेत्र भएकाले पनि यो क्षेत्रका कमिटी बन्दा सॅधै जनचासो रहने गरेको छ ।
काठमाडौंको १ नं निर्वाचन क्षेत्र अन्तर्गतको यस वडामा सूर्य चिन्हमा चुनाव जितेको एमालेले आगामी निर्वाचनमा सबै वडामा चुनाव जित्ने अवस्थामा आफु रहेको बक्ता एमाले नेताको दावी थियो ।


