झापाका चार पालिकामा सर्वसम्मत नेतृत्व, अन्यमा आज निर्वाचन हुँदै

झापाका चार पालिकामा सर्वसम्मत नेतृत्व, अन्यमा आज निर्वाचन हुँदै

२०७८, आश्विन १० आइतवार

  • 789
    SHARES

  • झापाका चार पालिकामा सर्वसम्मत नेतृत्व, अन्यमा आज निर्वाचन हुँदै

    विर्तामोड । झापाका चार पालिकामा नेपाली कांग्रेसका सभापति सर्वसम्मत रुपमा चयन भएका छन् । शनिवार भएको पालिकास्तरीय अधिवेशनबाट कचनकवल, बुद्धशान्ति र हल्दिबारी, झापा गाउँपालिकामा निर्विरोध समिति चयन भएकोे हो ।

    पन्ध्र पालिका रहेको जिल्लामा कचनकवलमा तुलाराम अधिकारी सभापति, टेकनाथ पौडेल र रोमसम राजवंशी सचिव, सागर राजवंशी र रुद्र उप्रेती सहसचिवमा निर्विरोध चयन भएका छन् । उपसभापतिमा भने तीन जनाको उम्मेदवारी परेकाले सहमतिको पहल भइरहेको पार्टीका जिल्ला अध्यक्ष उद्धव थापाले बताए । 

    यसैगरी हल्दिबारीमा गङ्गा प्रसाईं, झापामा सागीरथ गणेश  बुद्धशान्ति गाउँपालिकामा चक्र शेर्माको नेतृत्वमा निर्विरोध कार्यसमिति निर्वाचित भएको छ ।

    अर्जुनधारा नगरपालिकामा सभापति पदमा मात्रै निर्वाचन हुने भएको छ भने अन्य पदमा निर्विरोध नेतृत्व चयन भइसकेको उनले बताए । बाँकी पालिकामा भने आज निर्वाचन हुने कार्यक्रम छ ।

    २०७८, आश्विन १० आइतवार१०:१५:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार