भलिबलमा आर्मीको जीत

भलिबलमा आर्मीको जीत

२०७८, आश्विन १० आइतवार

  • 1.1K
    SHARES

  • भलिबलमा आर्मीको जीत

    काठमाडौँ । राजधानीमा आजदेखि सुरुआत भएको छैटौँ संस्करणको एनभिए क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । 
     
    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद (परिषद्) राखेपको कभर्डहलमा आज भएको पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गरायो ।

    राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मीले कर्णालीलाई पहिलो सेटमा २५–८, दोस्रो सेटमा २५–१४ र तेस्रो सेटमा २५–७ ले पराजित ग-यो । यो जीतसँगै आर्मीले तीन अङ्क जोडेको छ । 
     
    नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त स्पर्धाअन्तर्गत महिलातर्फको खेल भने यही असोज १२ गतेदेखि हुनेछ । जारी प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ छ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतियोगितामा विजेता टोलीले रु चार लाख प्राप्त गर्दा उपविजेताले रु दुई लाख पाउनेछन् । तेस्रो हुने टोलीले भने रु एक लाख प्राप्त गर्नेछ । 

    २०७८, आश्विन १० आइतवार०१:०९:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार