सोमालियामा बम आक्रमणबाट सातको मृत्यु, नौ जना घाइते

सोमालियामा बम आक्रमणबाट सातको मृत्यु, नौ जना घाइते

२०७८, आश्विन १० आइतवार

  • 849
    SHARES

  • सोमालियामा बम आक्रमणबाट सातको मृत्यु, नौ जना घाइते

    मोगादिसु । सोमालियाको राजधानी मोगादिसुमा भएको बम आक्रमणमा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । साथै सो आक्रमणबाट अरु नौ जना घाइते भएका बताइएको छ । उक्त बम विस्फोट भएको स्थान मोगादिसुस्थित राष्ट्रपति कार्यालयनजिक रहेको बताइएको छ । 

    शनिबार सो बम आक्रमण भएको प्रहरीले जनाएको छ । यहाँका एकजना प्रहरी अधिकारीले प्रहरी चौकीनजिकै केही व्यक्तिले विस्फोटक पदार्थले आक्रमण गरेका थिए । आक्रमणका क्रममा एकजना आक्रमणकारी पनि मारिएको बताइएको छ ।

    सो आक्रमण सोमालियामा हिंसात्मक हमला गरिरहेको अल सेबाब विद्रोही समूहले गरेको अनुमान गरिएको छ । त्यस आक्रमणमा उनीहरुले शक्तिशाली विस्फोटक पदार्थ प्रयोग गरेका थिए ।

    २०७८, आश्विन १० आइतवार०४:५३:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार