आइसल्याण्डको संसदमा महिलाको बहुमत

आइसल्याण्डको संसदमा महिलाको बहुमत

२०७८, आश्विन ११ सोमवार

  • 889
    SHARES

  • आइसल्याण्डको संसदमा महिलाको बहुमत

    रिकिविक । युरोपको इतिहासमा नै पहिलो पटक आइसल्यान्डको नयाँ संसदमा आधाभन्दा बढी सिटमा महिला सदस्य विजयी बनेका छन् ।

    आइसल्याण्डमा सम्पन्न निर्वाचनको आइतबार सार्वजनिक गरिएको अन्तिम चुनावी परिणामले यहाँको संसदमा बहुमत सदस्य पुगेका देखाएको छ । 

    आइसल्याण्डको संसद (अल्थिङ) का ६३ सिटमध्ये ३३ सिट अर्थात् ५२.३८ प्रतिशत सीटमा महिलाको विजय भएको हो । 

    विश्व बैंकका अनुसार अहिलेसम्म अन्य कुनै पनि युरोपेली मुलुकमा ५० प्रतिशतभन्दा बढी महिला कानून निर्माण गर्ने तह संसदमा पुगेका छैनन् । यस पहिले स्वीडेनमा ४७ प्रतिशतको नजिक महिला सांसदको प्रतिनिधित्व बनाउन सफल भएपनि उक्त रेकर्डलाई आइसल्याण्डले तोडिदिएको छ । -एजेन्सी । 

    २०७८, आश्विन ११ सोमवार०७:३७:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार