एमाले विधान महाधिवेशनमा को–को हुन्छन् प्रतिनिधि ?

एमाले विधान महाधिवेशनमा को–को हुन्छन् प्रतिनिधि ?

२०७८, आश्विन ११ सोमवार

  • 925
    SHARES

  • एमाले विधान महाधिवेशनमा को–को हुन्छन् प्रतिनिधि ?

    काठमाडौं । नेकपा एमाले विधान महाधिवेशनमा प्रतिनिधिको संख्या ५ हजार पुग्ने भएको छ । पटक पटक सरेको विधान महाधिवेशन निर्धारित समयमैँ असोज १५-१७ मा सम्पन्न हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । 

    महाधिवेशनमा केन्द्रीय कमिटीका सबै पदाधिकारी, सदस्य, केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्यहरु सहभागी हुनेछन् । यसमा केन्द्रीय आयोगमा अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार मञ्च, ज्येष्ठ कम्युनिष्ट मञ्चका सबैले भाग लिनेछन् । प्रदेश कमिटीका सबै, प्रत्येक विभागबाट सचिवसहित पाँचजनाको प्रतिनिधित्व हुनेछ । 

    प्रत्येक घोषित जनवर्गीय सङ्गठनबाट पदाधिकारी र वरिष्ठ सदस्यबाट १० जनाले भाग लिने बताइएको छ । जिल्ला कमिटी पदाधिकारी र प्रत्येक निर्वाचन कमिटीबाट एकजना महिला अनिवार्य हुने गरी दुई र प्रत्येक जिल्लाबाट कम्तीमा एकजना दलित सदस्य भाग लिनेछन् ।

    प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य, प्रदेशसभाका सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख र पार्टीका सदस्य भएका पालिकाका प्रमुख र उपप्रमुख प्रतिनिधि हुनेछन् । पार्टी  एकतामा सामेल भएकालाई सम्मानजनक प्रतिनिधित्व व्यवस्था रहेको र १० प्रतिशत केन्द्रीय कमिटीले मनोनय गर्ने बताइएको छ । पार्टीको प्रवास कमिटीहरूबाट पनि प्रतिनिधि सहभागी हुनेछन् । 

    २०७८, आश्विन ११ सोमवार०७:५३:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार