इरानले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठायो

इरानले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठायो

२०७८, आश्विन ११ सोमवार

  • 1.5K
    SHARES

  • इरानले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठायो

    तेहरान । इरानले अफगानिस्तानका लागि मानवीय सहायतासम्बन्धी सामग्री पठाएको छ । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि इरानले यो दोस्रो पटक सामग्री पठाएको हो । 

    यी सामाग्रीहरुमा इरानले विशेषगरी खाद्य सामग्री पठाएको छ । करिब २१ टन खाद्य सामग्री ल्याएको जहाज आइतबार अफगानिस्तानको काबुल विमानस्थलमा अवतरण गरेको यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

    अफगानिस्तानका विद्रोही तालिबानीहरुले यहाँको सत्ता कब्जा गरेपछि अफगान नागरिकलाई खाद्यान्न लगायतका सामग्रीको खाँचो परेको बताइएको छ । एजेन्सी ।

    २०७८, आश्विन ११ सोमवार०३:३८:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार