प्रेसर कुकर बम फेला

प्रेसर कुकर बम फेला

२०७७, पौष ७ मंगलवार

  • 1.5K
    SHARES

  • प्रेसर कुकर बम फेला

    पौष ७, लहान । 

    सिरहाको सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि आज बिहान प्रेसर कुकर बम फेला परेको छ । 

    कार्यालय खुलेपछि सरसफाइ गर्ने बेलामा कार्यालय सहयोगीले अधिकृतको कार्यकक्षको गेट नजिकै एउटा कालो ब्यागमा प्रेसर कुकुर बम राखिएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

    बम फेला परेको सूचना पाउनासाथ इलाका प्रहरी सुखीपुर तथा सशस्त्र बेश क्याम्पस सुखीपुरबाट खटिएको टोलीले कार्यालयलाई तत्कालका लागि सिल गरेको सिरहाका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले जानकारी दिए । 

    अज्ञात समूहले विस्फोट गराउने उद्देश्यले सो बम राखिएको हुनसक्ने प्रहरीको अनुमान छ । फेला परेको बम निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र निष्क्रिय पार्ने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।

    कार्यालय बन्द रहेकाले को कति बेला कसरी बम कार्यालयमा राखियो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पञ्जियारको भनाइ छ । 

    २०७७, पौष ७ मंगलवार०२:३९:३१
    प्रतिक्रिया
    सम्बन्धित समाचार