मंगोलियामा कोभिड १९ सङ्क्रमित संख्या तीन लाख नाघ्यो

मंगोलियामा कोभिड १९ सङ्क्रमित संख्या तीन लाख नाघ्यो

२०७८, आश्विन १३ बुधवार

  • 945
    SHARES

  • मंगोलियामा कोभिड १९ सङ्क्रमित संख्या तीन लाख नाघ्यो

    उलान, बाटोर । मंगोलियामा कोभिड १९ सङ्क्रमितको संख्या तीन लाख नाघेको छ ।

    गत २४ घण्टामा २ हजार ५१५ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि कूल सङ्क्रमतिको संख्या तीन लाख एक हजार ४३४ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

    मङ्गलबार यहाँ कोरोना सङ्क्रमणबाट ६० बर्ष भन्दा माथिका १९ बिरामीको मृत्यु भएको थियो । योसँगै मंगोलियामा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १ हजार १८५ पुगेको छ ।

    मंगोलियामा  करिब  ३४ लाख अर्थात कूल जनसंख्याको ६५ प्रतिशतलाई पूरा डोज खोप लगाइएको छ । यहाँँ कोभिड १९ नयाँ स्वरुपको रुपमा आएको डेल्टा भाइरसको सङ्क्रमण जारी रहेको छ ।

    यहाँ  दैनिक रुपमा २ हजार भन्दा बढी सङ्क्रमित र करिब २० जनाको मृत्यु हुने गरेको जनाइएको छ । एजेन्सी ।

    २०७८, आश्विन १३ बुधवार०३:३८:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार