कांग्रेस उदयपुरको अधिवेशनः दुई स्थानीय तहमा सर्वसम्मत, छ मा निर्वाचन

कांग्रेस उदयपुरको अधिवेशनः दुई स्थानीय तहमा सर्वसम्मत, छ मा निर्वाचन

२०७८, आश्विन १३ बुधवार

  • 905
    SHARES

  • कांग्रेस उदयपुरको अधिवेशनः दुई स्थानीय तहमा सर्वसम्मत, छ मा निर्वाचन

    उदयपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उदयपुरका पालिका अधिवेशन सम्पन्न भएको छ । 

    आठ पालिका रहेको उदयपुरमा दुईमा सर्वसम्मत र ६ वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

    जिल्लाको उदयपुरगढी र ताप्ली गाउँपालिकमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिका तथा रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको नेपाली कांग्रेस उदयपुरले जनाएको छ । 

    निर्वाचन प्रक्रियाबाट सभापतिमा विजयी हुनेमा त्रियुगामा प्रकाश खड्का, बेलकामा अशोक कार्की, चौदण्डीगढीमा राजेन्द्र पौडेल र कटारीमा प्रकाश थापा रहेको कांग्रेस उदयपुरका पार्टी प्रवक्ता मदनराज कटुवालले बताए ।

    उनका अनुसार रौतामाईमा घमानसिंह मगर र लिम्चुङबुङमा नेत्रबहादुर कार्की पार्टी सभापतिमा विजय भएका छन् ।

    त्यस्तै जिल्लाको उदयपुरगढीमा यमबहादुर पाण्डे र ताप्लीमा  दीपकुमार रासकोटी सर्वसम्मत रुपमा सभापतिमा चयन भएको छ । 

    २०७८, आश्विन १३ बुधवार०४:०९:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार