एघारौं चीन–युरोप उच्चस्तरीय रणनीतिक वार्ता शुरू

एघारौं चीन–युरोप उच्चस्तरीय रणनीतिक वार्ता शुरू

२०७८, आश्विन १३ बुधवार

  • 829
    SHARES

  • एघारौं चीन–युरोप उच्चस्तरीय रणनीतिक वार्ता शुरू

    बेइजिङ । आपसी राजनीतिक विश्वासलाई बढाएर विद्यमान मतभेद कम गर्ने उद्देश्यले चीन–युरोप उच्च स्तरीय रणनीतिक वार्ता शुरू भएको छ । 

    चीनका परराष्ट्र मन्त्री वाङ यी र युरोपेली सङ्घका कूटनीतिक तथा सुरक्षा नीति उच्च प्रतिनिधि जोस बोर्रेल्लले संयुक्तरूपमा अध्यक्षतामा गरेको एघारौं चीन–युरोप उच्च स्तरीय रणनीतिक वार्ता चीन र यूरोपेली संघबीच रहेका मतभिन्नतालाई कम गर्ने विश्वास वार्तामा चिनियाँ परराष्ट्र मन्त्री वाङले गरेका बताइएको छ ।

    चिनियाँ परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री वाङ यीले हालै चीन र युरोप बीचको सम्पर्क र वार्ता बढ्दै गइरहेको क्रममा धेरै मतैक्य हासिल भएको बताए । वार्तामा सकारात्मक प्रवृत्तिलाई कायम राख्दै आपसी राजनीतिक विश्वासलाई बढाएर विद्यमान मतभेदलाई उचित तरिकाले कमी गर्ने र विश्वव्यापी देखा परेका चुनौतीको सामना गर्न दुवै पक्षको योगदान रहने विश्वास उनको छ ।

    वाङले संयुक्त राष्ट्र संघको ७६ औं महासभाको सामान्य बहसमा राष्ट्राध्यक्ष सीले प्रस्तुत गरेका विश्वको विकास प्रस्तावमा यूरोपको सहभागिताको लागि स्वागत पनि गरेका छन् । 

    युरोपेली संघका उच्च प्रतिनिधि बोर्रेल्लले चीनसँग मिलेर भाबी आपसी उच्चस्तरीय आदानप्रदानको तयारी गर्दै पारस्परिक सम्बन्धको विकासको लागि राजनीतिक निर्देशन दिने अपेक्षा वार्तामा गरेका बताइएको छ । चीनसँग महामारी प्रतिरोध, जलवायु परिवर्तन तथा जैविक विविधताको संरक्षणमा हुने सहयोगमा निरन्तरता दिँदै जाने इच्छा पनि उनले व्यक्त गरेका छन् । 

    यसका अतिरिक्त, दुई पक्षबीच मानवअधिकार सम्बन्धमा बैचारिक आदानप्रदान भएको पनि मन्त्रालय स्रोतले बताएको छ । -एजेन्सी । 

    २०७८, आश्विन १३ बुधवार११:०९:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार