खोप लगाएका पर्यटकले आगमनका लागि पीसीआर परीक्षण गर्नु नपर्ने : श्रीलङ्का 

खोप लगाएका पर्यटकले आगमनका लागि पीसीआर परीक्षण गर्नु नपर्ने : श्रीलङ्का 

२०७८, आश्विन १४ बिहिवार

  • 793
    SHARES

  • खोप लगाएका पर्यटकले आगमनका लागि पीसीआर परीक्षण गर्नु नपर्ने : श्रीलङ्का 

    कोलम्बो। श्रीलङ्काका स्वास्थ्य मन्त्री कहेल्या रामबुकवेलाले बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा भएर भित्रिने पर्यटकका लागि यसपहिले अनिवार्य गरेको पीसीआर परीक्षणसम्बन्धी प्रावधानलाई हटाउने निर्णय गरेको छ ।

    पूर्ण खोप लगाइएको वा कुनै पनि मुलुकमा पीसीआर परीक्षण गरी सङ्क्रमण पुष्टि नभएको रिपोर्ट लिएर ७२ घण्टाभित्र स्वदेश आउने पर्यटकले अनिवार्य पीसीआर परीक्षण गर्नु नपर्ने भएको श्रीलङ्काका स्वास्थ्य मन्त्री कहेल्या रामबुकवेलाले बुधबार बताए । 

    उनले भने, “पर्यटकले आगमनभन्दा दुई हप्ता अगाडि कोभिड–१९ विरूद्धको दोस्रो मात्रा खोप लगाएको वा कुनै पनि मुलुकमा पीसीआर परीक्षण गरी ७२ घण्टा ननाघेको भएमा श्रीलङ्कामा आएर पीसीआर गराउनु अनिवार्य हुने छैन ।”

    “प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ४० लाखभन्दा बढी मानिसहरूलाई रोजगार दिएको श्रीलङ्का आफ्नो मुनाफादायी पर्यटन उद्योगलाई सुदृढ पार्न पर्यटकहरूका लागि देश पुनः खोल्न तयार छ ।”   

    अधिकारीहरूका अनुसार श्रीलङ्काले पूर्ण खोप लगाइएका यात्रुहरू यस देशमा यात्रा गर्न सहज बनाउन र पर्यटक आगमन र विदेशी मुद्रा आर्जनलाई बढाउन काभिड–१९ का विभिन्न प्रतिबन्धहरू कम गर्ने प्रयास गरिरहेको छ ।

    जेठ २१ गते बाट सीमाक्षेत्र पुनः खोलेदेखि श्रीलङ्काले यस वर्षको पहिलो आठ महिनामा २४ हजार ३३७ पर्यटक आगमन भएको रेकर्ड गरेको छ । 

    आधिकारिक तथ्याङ्कअनुसार कोभिड–१९ महामारीको तेस्रो लहर चलिरहेको भए तापनि पर्यटकहरूको आगमन जुलाईदेखि १०७ प्रतिशतले बढेको छ । अगस्त महिनामा कूल पाँच हजार ४० विदेशी पर्यटक स्वदेश भित्रिएका र तीमध्ये अधिकांश चीन, यूरोप, संयुक्त राज्य अमेरिकाबाट आएका हुन् ।

    गत वर्ष मार्चदेखि श्रीलङ्कामा कूल पाँच लाख १५ हजार ५२४ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने १२ हजार ७८६ जनाको मृत्यु भएको छ ।- एजेन्सी । 

    २०७८, आश्विन १४ बिहिवार०७:२८:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार