राष्ट्रिय भलिलब : एपिएफद्वारा पुलिस पराजित

राष्ट्रिय भलिलब : एपिएफद्वारा पुलिस पराजित

२०७८, आश्विन १४ बिहिवार

  • 1.1K
    SHARES

  • राष्ट्रिय भलिलब : एपिएफद्वारा पुलिस पराजित

    काठमाडौँ । छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली एपिएफ क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै समूह एको विजेतासमेत बन्यो ।

    निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एपिएफले पुलिसमाथि २५–१४, २१–२५, २५–१८ र २५–१९ को सेटमा जित निकाल्यो । यस जितसँगै एपिएफले दुई खेलमा छ अङ्क जोडेको छ । पुलिस भने समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश ग-यो । पुलिसले दुई खेलमा तीन अङ्क जोड्यो ।

    न्यू डायमन्ड स्पोर्ट्स क्लब विजयी

    त्यस्तै सोही स्थानमा आज नै भएको अर्को खेलमा न्यू डायमन्ड स्पोर्ट्स क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । न्यू डायमन्डले आर्मीलाई २७–२५, २५–२२ र २५–२० को सेटमा पराजित ग-यो ।

    यस जितसँगै समूह बीको विजेतासमेत बनेको न्यू डायमन्डले दुई खेलमा छ अङ्क जोड्यो । पहिलो खेलमा न्यू डायमन्डले एभरेष्ट क्लब बुटवललाई हराएको थियो । यस समूहबाट आर्मी उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

    आर्मीले दुई खेलमा तीन अङ्क जोड्यो । न्यू डायमन्ड र आर्मीको खेलसँगै महिलातर्फको सेमिफाइनल समीकरणसमेत पूरा भएको छ ।

    नेपाल भलिबल सङ्घद्वारा आयोजित उक्त प्रतियोगिताको विजेता टोलीले रु चार लाख तथा उपविजेताले रु दुई लाख प्राप्त गर्नेछन् ।

    तेस्रो हुने टोलीले रु एक लाख प्राप्त गर्नेछन्  । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले जनही रु १० हजार पाउने छन् ।

    २०७८, आश्विन १४ बिहिवार०१:२६:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार