हवाई उडान सुचारु गर्न भारतलाई तालिबान सरकारको आग्रह

हवाई उडान सुचारु गर्न भारतलाई तालिबान सरकारको आग्रह

२०७८, आश्विन १४ बिहिवार

  • 805
    SHARES

  • हवाई उडान सुचारु गर्न भारतलाई तालिबान सरकारको आग्रह

    नयाँ दिल्ली । अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ ।

    तालिबान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरु सुचारु गरिदिन आग्रह गरेका हुन् । 

    यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो । तर अफगानिस्तानको सरकार अपदस्थ गरेर तालिबानले सत्ता हत्याएपछि गएको अगष्ट १५ पछि भारतले ती सबै उडानहरु बन्द गरेको थियो ।

    तालिबानहरुले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अरु देशहरुले पनि यसरी हवाई उडानहरु रोकेका थिए । तर पाकिस्तानले भने केही दिन अघिदेखि इस्लामावाद काबुल उडानलाई पुनः सञ्चालनमा ल्याएको छ । 

    भारतजस्तै अरु कतिपय देशहरुले अहिले पनि उडान पुनः सञ्चालनमा ल्याएका छैनन् । एजेन्सी ।
     

    २०७८, आश्विन १४ बिहिवार०१:४२:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार