मोरक्कोका नागरिकलाई कोरोनाभाइरसविरुद्ध तेस्रो खोप

मोरक्कोका नागरिकलाई कोरोनाभाइरसविरुद्ध तेस्रो खोप

२०७८, आश्विन १६ शनिवार

  • 917
    SHARES

  • मोरक्कोका नागरिकलाई कोरोनाभाइरसविरुद्ध तेस्रो खोप

    बरात । मोरक्कोका नागरिकलाई कोरोनाभाइरस विरुद्ध तेस्रो खोप दिइने भएको छ । 

    महामारीबाट आफ्ना नागरिकलाई जोगाउनका लागि सरकारले तस्रो चरणको खोप लगाउने व्यवस्था गर्न लागेको हो ।

    मोरक्कोको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार विज्ञ तथा सरोकारवालाको सिफारिसका आधारमा यस्तो निर्णय गरिएको हो । 

    यसलाई राष्ट्रिय खोप अभियानकै एउटा अङ्गको रुपमा लागू गरिने पनि अधिकारीले जानकारी दिएका छन् ।  

    आफ्ना नागरिकलाई मात्रै नभई मोरक्कोमा बस्ने विदेशी नागरिकलाई पनि खोपको व्यवस्था गरिने उनीहरूले बताएका छन् ।

    उत्तर अमेरिकी मुलुक मोरक्कोमा यसअघि पहिलो खोप अभियान भने गत जनवरी २८ मा शुरु भएको थियो । त्यहाँ शुरुमा चिनियाँ सिनोफर्म खोप लगाइएको थियो ।  

    सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार अहिलेसम्म मोरक्कोमा दुई करोड २७ लाख १९ हजार ८६ जनाले पहिलो मात्रा खोप लगाएका छन् । 

    तीमध्ये एक करोड ९१ लाख ९७ हजार ९१६ जनाले दुवै खोप लगाएका छन् । मोरक्कोमा शुक्रबार मात्रै थप ९३६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमितको सङ्ख्या नौ लाख ३४ हजार सात पुगेको छ । 

    मन्त्रालयका अनुसार कोरोनाभाइरसका कारण मोरक्कोमा अहिलेसम्म १४ हजार २९० जनाको मृत्यु भएको छ । तीमध्ये २३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । 

    मोरक्कोमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकामध्ये ८३५ जना अति सघन कक्षमा उपचाररत छन् ।- एजेन्सी ।  

    २०७८, आश्विन १६ शनिवार०५:०७:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार