प्रदेशस्तरीय भलिबलका लागि खेलाडी छनोट

प्रदेशस्तरीय भलिबलका लागि खेलाडी छनोट

२०७८, आश्विन १७ आइतवार

  • 985
    SHARES

  • प्रदेशस्तरीय भलिबलका लागि खेलाडी छनोट

    डोटी । सुदूरपश्चिम खेलकूद परिषद्को आयोजनामा कैलालीको धनगढीमा यही असोज २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि डोटीबाट पनि पुरुष भलिबल खेलाडी छनोट गरिएको छ ।

    जिल्लाभरिका नौवटै स्थानीय तहबाट आएका खेलाडीलाई भलिबल प्रतियोगिता गराइ खेलाडी छनोट गरिएको जिल्ला खेलकूद समितिका अध्यक्ष नरेश मलासीले जानकारी दिए ।

    उनका अनुसार जिल्लाका नौवटै स्थानीय तहबाट आएका खेलाडीको प्रतिस्पर्धा गराइ उत्कृष्ट भएका नौ जनाखेलाडीलाई छनोट गरी उनीहरुकै टिम बनाइएको र त्यस टीममा अन्य तीन जना वैकल्पिक खेलाडी पनि राखिएको छ ।

    जिल्ला खेलकूद विकास समितिका अनुसार छनोट भएका खेलाडीमा जनक खड्का, डम्बर भट्टराई, प्रशान्त साहु, निलम सिंह, खगेन्द्र खड्का, भूपेन्द्र खड्का, प्रदीप खड्का, रतन थापा र रमेश बम रहेका छन् ।

    यस्तै वैकल्पिक खेलाडीमा राजेन्द्र कठायत, रमेश साउद तथा पुरन रावत छनोट भएका छन् । उक्त पुरुष भलिबल प्रतियोगिता कैलालीको धनगढीमा यही असोज २० गतेदेखि २३ सम्म सञ्चालन हुने भएको छ । छनोट भएका खेलाडीलाई प्रशिक्षण दिइन लागिएको छ । 

    भलिबल प्रतियोगितामा सुदूरपश्चिमका नौवटै जिल्लाबाट उत्कृष्ट प्रदर्शन गर्ने १२ जना खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगितामा सहभागी हुनका लागि प्रदेशको टोली बनाइने भएको छ ।

    २०७८, आश्विन १७ आइतवार०१:४७:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार