एमालेमा वरिष्ठ उपाध्यक्षसहित १५ पदाधिकारी रहने

एमालेमा वरिष्ठ उपाध्यक्षसहित १५ पदाधिकारी रहने

२०७८, आश्विन १७ आइतवार

  • 1.1K
    SHARES

  • एमालेमा वरिष्ठ उपाध्यक्षसहित १५ पदाधिकारी रहने

    ललितपुर । नेकपा (एमाले) को जारी प्रथम विधान महाधिवेशनमा तीनवटै प्रतिवेदनमाथिको जवाफ सुरु भएको छ ।

    ललितपुर, गोदावरीको सनराइज सम्मेलन केन्द्रमा जारी महाविधेशनमा अहिले १० वटा समूहगत छलफलपछि विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा जवाफ दिने क्रम सुरु भएको छ । 

    महाविधेशनमा विधान संशोधनमाथि समूहगत रुपमा उठेको सुझावको जवाफमा एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले १५ जना पदाधिकारीको व्यवस्था  भएको बताए । उनका अनुसार एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, चार जना उपाध्यक्ष, एक जना महासचिव, एक जना उपमहासचिव र सात जना सचिवको व्यवस्था गरिएको उनले जानकारी दिए । 

    यसअघि विधान संशोधन प्रस्ताव पेश गर्दै एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव र ६ जना सचिव गरी १२ जना पदाधिकारी रहने व्यवस्थासहितको प्रस्ताव गरिएको थियो ।

    एमालेमा २२५ जनाको केन्द्रीय कमिटी रहने विधान संशोधनमा गरिएको छ । यस्तै महानगरपालिकामा १०१ नगरकमिटी, उपमहानगपालिकामा ८५, नगरपालिका र गाउँपालिकामा ७५ कमिटी रहने उनले जानकारी दिए । 

    उनले सबै कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गराउने बताए । त्यस्तै लेखा परीक्षण आयोगको नाम लेखा आयोग भएको छ ।

    सुझावको आधारमा जवाफ दिने क्रममा प्रत्येक प्रदेशमा ५० जनाको कमिटी रहने उनले जानकारी दिए । आजै राजनीतिक प्रतिवेदनमाथि पार्टी अध्यक्ष केपी शर्मा ओली र साङ्गठनिक प्रतिवेदनमाथि महासचिव इश्वर पोखरेलले जवाफ दिने छन् ।

    उनीहरुले प्रतिवेदनमाथि जवाफ दिइसकेपछि महाधिवेशनले तीनवटै प्रतिवेदन पारित गर्ने भएको पनि बताइएको छ । 

    २०७८, आश्विन १७ आइतवार०४:२२:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार