एमालेको १०औँ महाधिवेशन बुटवलमा गर्ने निर्णय सँगै सकियो प्रथम विधान महाधिवेशन

एमालेको १०औँ महाधिवेशन बुटवलमा गर्ने निर्णय सँगै सकियो प्रथम विधान महाधिवेशन

२०७८, आश्विन १८ सोमवार

  • 1.7K
    SHARES

  • एमालेको १०औँ महाधिवेशन बुटवलमा गर्ने निर्णय सँगै सकियो प्रथम विधान महाधिवेशन

    काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने निर्णय गरेको छ ।

    आइतवार ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा तीन दिनसम्म सञ्चालन भएको पार्टीको प्रथम विधान महाधिवेशनको समापन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औँ महाधिवेशन लुम्बिनी प्रदेशको बुटवलमा हुने जानकारी दिए । 

    महाधिवेशन मङ्सिर १० देखि १३ गतेसम्म गर्ने निर्णय गरिएको छ । विधान महाधिवेशनले डा विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन आयोग सर्वसम्मतिले गठन गरेको छ ।

    आयोगमा महेश नेपाल, सानुराजा पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रिता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टङ्क उप्रेती, सुमित्रा बिसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विश्वकर्मा र हिमकला गैरे सदस्य रहेका छन् । 

    २०७८, आश्विन १८ सोमवार०७:५४:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार