साहित्य सञ्जाल महासङ्घको आयोजनामा जारी झर लेखन अभ्यासको आठौं शृङ्खला हिजो असोज १६ गते शनिबार सम्पन्न भयो । अभ्यासमा सहभागी १२ झर यात्रीहरुले विभिन्न विकृति, विसंगति विरुद्ध व्यङ्ग्यात्मक झर लेखन गरेका छन् ।
सुन्दर झर सृजना गरि समाजलाई दिशाबोध गर्ने यो अभियान सहभागी स्रष्टाहरु कल्पना अधिकारी, शोभा पोखरेल, मोहन भट्टराई, सरस्वती श्रेष्ठ, नवराज भट्ट, गोमा भट्टराई, आर्त अकुलीन, सुमित्रा पोखरेल, घनश्याम पौडेल, राज कुमार राजभण्डारी, कन्चन भट्टराईज्यू प्रति आभार एवम् साहित्यिक उन्नयनको शुभकामना व्यक्त गर्दछु ।
साहित्य सन्जाल महासंघ र कालीगण्डकी खबरको यो सहकार्यले नेपाली साहित्यको विकासमा दरिलो आधार तय गर्नेछ भन्ने विश्वास लिएको छु ।
केही झरहरू
१.
अस्पताल जाँदा पैसाको बिटो बोक्नुपर्छ
बाँच्नकै निम्ति सारा धितो जोख्नुपर्छ ।
२.
पैसा हुनुपर्छ जे पनि किनबेच गरिन्छ
असल आचरण त पुस्तकमा पढिन्छ ।
३.
भ्रष्टहरूको हालीमुहाली छ देशमा
देखिन्छ गर्वले छाती फुलाएको भेषमा ।
४.
जब अपराधीले अपराध गर्छ कानुनले निर्दोष भन्छ
तब उसको मनोबल बढ्छ हत्या पेसा बन्छ ।
५.
एउटी नारी लामो निद्रामा परिछन्
नक्कली पासो थियोे बिस्तरामा मरिछन् ।
शिव खनाल जीवम
५ झर
१.
मनका इच्छाहरू पर पर सार्नुपर्दो रहेछ !
कमाई नहुँदा आफ्नो रहर मार्नुपर्दो रहेछ !
२.
सोचिएन मन यसरी रोला भनेर !
गुनको बदला बैगुन होला भनेर !
३.
अरूको खुसी खोज्दै जिन्दगी गएछ !
आखिरमा आफ्नै मन दुखी भएछ !
४.
झुटो रहेछ दुनियाँ झुटो रहेछ माया !
दु ख पर्दा साथ केवल आफ्नै छायाँ !
५.
भावीको लेखासँगै बहनुपर्दो रहेछ !
जे पर्छ जिन्दगीमा सहनुपर्दो रहेछ !
कल्पना अधिकारी भण्डारी
भरतपुर चितवन
६ व्यङ्ग्यात्मक झर
१.
रानी मेरी भन्दै नोकरानी बनायौ
गृहलक्ष्मी नाम दिँदै घरमै कजायौ
२.
लोकले चुन्ने अरे नेता लोकतन्त्रमा
भोको पेटमाथि राजनीति नेता मन्त्रमा
३.
शिक्षा स्वास्थ्य निःशुल्क ठूला देशमा
गरिब लुट्छन् हाम्रा चाहिँ सेवक भेषमा
४.
चप्पल लाउन गाह्रो थियो हिजो जसलाई
राजनीतिले पजेरामा चढायो उसलाई
५.
छोरा छोरी समान भनी नारा घन्किन्छ
अधिकार विधानमा छ व्यवहारमा पन्छिन्छ
६.
महिला हिंसा विरुद्धको जुलुसमा हिड्छ
दालमा नुन बढी भन्दै घरमा बुढी पिट्छ।
शोभा पोखरेल, गठ्ठाघर ।
व्यङ्ग्यप्रधान ५ झर
१.
केही पाउन केही गुमाउनुपर्छ।
हरेक कार्यमा खल्ती समाउनुपर्छ।
२.
इमान जमान बेइमानका कुरा हुन्छ।
व्यवहार गर्नेमा बेइमानमा छुरा हुन्छ।
३.
रात बिते अग्राख पलाउँछ ।
मुखले मिलाउँदै ढलाउँछ ।
४.
काम र कुरामा फरक हुन्छ।
पूरा गर्ने काम अधुरै हुन्छ।
५.
बात र साथका खात भयो।
जनमानसमा उसैको हात भयो।
मोहन प्र भट्टराई
सल्यान
केही व्यङ्ग्यात्मक झरहरू
१.
सोर्सको दुनिया छ जहाँ जाऊँ
लोभीले भन्छन् मैमात्र लाऊँ खाऊँ।
२.
धन देखे महादेवको तीन नेत्र
जोगाउन सकेनौ नेता ज्यू आफ्नै क्षेत्र।
३.
मुखले त भन्छन् छोरीजस्तै हो बुहारी
तर खेलिरहन्छन् घरमा सधैँ जुहारी।
४.
भन्न जति सजिलो हुन्छ गर्न त्यति गाह्रो
जीवन धान्न झन रैछ ढुङ्गाभन्दा सारो।
५.
माछा देखे कुरमा हात सर्प देखे पाखा
आफूलाई नभई नभई कस्ले भन्छ ला खा।
सरस्वती श्रेष्ठ, इटहरी
५ झर
१.
पशुका लागि घाँस काट्नुपर्छ।
घाँस दूध दहीसँग साट्नुपर्छ।
२.
ज्ञानार्जन गर्न पुस्तक पढ्नुपर्छ।
विद्वान् भएर अगाडि बढ्नुपर्छ।
३.
नदीको पानी निरन्तर बगिरहन्छ।
प्रकृतिको नियम यस्तै चलिरहन्छ।
४.
आँखाले सबलाई संसार देखाउँछ।
मस्तिष्कले ठीक बेठीक केलाउँछ।
५.
एक दिन सबले संसारबाट जानु छ।
यो सत्यलाई संसारमा सबैले मान्नु छ।
नवराज भट्ट, महेन्दरनगर
झर
१.
सस्तो सुलभ बजारमा
टिकट बिक्री हजारमा
२.
सहुलियत छ दर भाउ
टन्न पैसा बोकेर जाऊ
३.
बाँच्ने रहर पुगेर मृत्यु रोजेको
पीडा खप्न नसक्ता औषधि खोजेको
४.
धानका बाला खेतमा पाकेका
पन्छी आहारा खोजेर थाकेका
५.
साथै हुँदा कहिल्यै चाहिएन
चाहिँदा कतै पाइएन
गोमा भट्टराई
मोरङ्ग
पाँच झर
१.
नुनको सोझो,
राजाको काम !
२.
सानो बगैँचा,
छेपाराको रङ्ग !
३.
असारे विकास,
भत्किएको बाटो १
४.
निलो गगनमा,
कालो बादल !
५.
काम न काज,
चोर औँलाहरू !
आर्त अकुलीन, कैलाली
१।
तिम्रो हाम्रो नाता माथि नै बनेको
यहाँ आफन्तले औँला गनेको
२।
कुलको छोरी हौ भनेका
घर पुगी दाइजो गनेका
३।
अब हाम्रो समाज कुसंस्कार फेर्नु छ
बुहारीलाई छोरीको नजरले हेर्नु छ
४।
मुखले ठिक्क पारी भनेनी छोरी
बुहारीलाई सबैले भन्छन होला मोरी
५।
काम गर्ने बुहारी
जस खाने छोरी
सुमित्रा पोखरेल
१।
पानीमाथिको ओभानो बन्छ मान्छे
डाडुपन्यु पाएपछि मख्ख छ भान्छे
२।
यता उता कतै नहेरी
माथि फर्केर थुक्छन् फेरि
३।
आलु खाएर पेडाको धाक
एक किलो मासु एघार छाक
४।
सकेसम्म चुस्छन् हड्डी र मासु
केही भने झार्छन् गोहीका आँसु
५।
हात दियो भने पाखुरै तान्छन्
मौका पाए भने पिठ्युँमा हान्छन्
६।
कात्रोमा गोजी सिलाई दे भन्छन्
नभए आफैँ सिलाई लान्छन्
घनश्याम पौडेल, सृजना चोक
पोखरा
५ झर
१।
देश निर्माणका लागि सधैँ अघि बढ्नु
भ्रष्टाचारको विरुद्धमा सधैँभरि लड्नु ।
२।
भ्रष्टाचारीले देश लुटाए
तिनै जनता कुटाए।
३।
जो भ्रष्टाचारी तिनैलाई न्यायलयले निर्दोष मान्छ
त्यसैले तिनको मनोबल बढेर जान्छ ।
४।
ज्ञान आर्जन गर्नु बन्दुक बोक्ने होइन कलम बोक्नुपर्छ
देशको सीमा जोगाउन एक जुट भै शत्रुलाई रोक्नुपर्छ।
५।
मनको चाहनालाई कहिल्यै टार्नु हुन्न
गरिब भए भनी कहिले हार्नु हुन्न।
राज कुमार राजभण्डारी ुखोटाङ्गेु
भक्तपुर ।
१।
मुर्खलाइ किताब
जङ्गलको पत्कर ।
२।
फक्रेको गुलाफ
असङ्ख्य भमरा ।
३।
गरिखान नसके
कमण्डलु बोक ।
४।
नेपाली कानुन
निर्दोषलाई हत्कडी ।
५।
सत्यता स्विकार्दा
जगत निष्पस्ट
कञ्चन भट्टराई ९घिमिरे०
मोरङ