जापानका नवनियुक्त प्रधानमन्त्रीद्वारा आम निर्वाचनको तयारी

जापानका नवनियुक्त प्रधानमन्त्रीद्वारा आम निर्वाचनको तयारी

२०७८, आश्विन १९ मंगलवार

  • 877
    SHARES

  • जापानका नवनियुक्त प्रधानमन्त्रीद्वारा आम निर्वाचनको तयारी

    टोकियो । जापानका नवनियुक्त प्रधानमन्त्री फुकिओ किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएकै दिन आम निर्वाचनको तयारी थालेका छन् ।  

    उनले देशको १००औँ प्रधानमन्त्रीमा नियुक्त भएपछि आयोजित पत्रकार सम्मेलनमा निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको जानकारी दिएका हुन् ।  

    उनले यही अक्टोबर ३१ का दिन निर्वाचन गराउने तयारी गरेका जनाइएको छ । जापानको प्रतिनिधिसभाको म्याद यही अक्टोबर २१ देखि सकिन लागेको छ । त्यसैले उनले जिम्मेवारी सम्हाल्ने वित्तिकै निर्वाचनको तयारीमा लाग्नुपरेको हो । 

    निर्वाचन गराउनका लागि उनले यही अक्टोबर १४ तारिखका दिन तल्लो सदन विघटन गर्ने योजना पनि बनाएका जनाइएको छ । 

    प्रधानमन्त्री किशिदाका अनुसार नयाँ संसद्का लागि निर्वाचित हुन चाहने उम्मेदवारहरूले यही अक्टोबर १९ देखि मात्रै प्रचारप्रसार अभियान सुरु गर्न पाउने छन् ।- एजेन्सी । 

    २०७८, आश्विन १९ मंगलवार०७:४५:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार