संसद्मा प्रतिपक्षी दलको अवरोध कायमै

संसद्मा प्रतिपक्षी दलको अवरोध कायमै

२०७८, आश्विन १९ मंगलवार

  • 977
    SHARES

  • संसद्मा प्रतिपक्षी दलको अवरोध कायमै

    काठमाडौँ  । प्रतिनिधिसभाको बैठक आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले अवरोेधका कायमै राख्दा सुचारु हुन सकेन । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले ‘रोस्ट्रम’ घेराउ गर्दै नाराबाजी गरेका थिए ।
     
    बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको नियमित प्रक्रियामा सहभागी भइ आफ्ना कुरा राख्न प्रतिपक्षी दलका सांसदसंग आग्रह गरेका थिए । उनले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल हुन नसक्ने कुरा प्रतिनिधिसभा नियमावलीमा व्यवस्था रहेको समेत स्मरण गराएका थिए । 

    प्रतिपक्षी दलको अवरोधकै बीचमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट “राष्ट्रिय  दलित आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७” पेश गरेका थिए ।

    प्रतिनिधिसभाको अर्को बैठक यही असोज २२ गते शुक्रबार दिन १ बजे बस्नेछ ।

    २०७८, आश्विन १९ मंगलवार०३:३५:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार