दक्षिण कोरियामा अनलाइनबाट किन्नेहरूको सङ्ख्या १६ प्रतिशतले वृद्धि

दक्षिण कोरियामा अनलाइनबाट किन्नेहरूको सङ्ख्या १६ प्रतिशतले वृद्धि

२०७८, आश्विन २० बुधवार

  • 1.3K
    SHARES

  • दक्षिण कोरियामा अनलाइनबाट किन्नेहरूको सङ्ख्या १६ प्रतिशतले वृद्धि

    सोल । दक्षिण कोरियामा अनलाइन मार्फत सामान किन्नेहरूको सङ्ख्यामा वृद्धि भएको छ । 

    सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार गत अगस्ट महिनामा दुई अङ्कले वृद्धि भएको भन्दै सन्तोष व्यक्त गरेका छन् । 

    कोरोनाभाइरसको महामारीका कारण कतिपय प्रतिबन्धात्मक व्यवस्थाहरू अझै पनि लागू भएकाले पनि अनलाइन किन्नेहरूको सङ्ख्या बढेको अनुमान गरिएको छ । 

    अनलाइनबाट किन्नेहरूमध्ये खाना माग गर्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको र खाना विक्री गरेर मात्रै लाखौँ रूपैयाँको कारोबार भएको पाइएको छ । 

    सरकारी अधिकारीहरूका अनुसार गत महिनामा १६.८ प्रतिशतले अनलाइनबाट किन्नेहरूको सङ्ख्यामा वृद्धि भएको हो । यो सङ्ख्या सन् २००१ देखिकै सबैभन्दा धेरै भएको बताइएको छ ।

    दक्षिण कोरियामा अहिले पनि दैनिक १५ सयभन्दा बढी सङ्क्रमित थपिने गरेका छन् भने केही अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।- एजेन्सी । 

    २०७८, आश्विन २० बुधवार०७:१६:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार