स्वीडेनद्वारा ३० वर्ष भन्दा कम उमेरका व्यक्तिका लागि मोडेर्ना खोप स्थगित

स्वीडेनद्वारा ३० वर्ष भन्दा कम उमेरका व्यक्तिका लागि मोडेर्ना खोप स्थगित

२०७८, आश्विन २१ बिहिवार

  • 853
    SHARES

  • स्वीडेनद्वारा ३० वर्ष भन्दा कम उमेरका व्यक्तिका लागि मोडेर्ना खोप स्थगित

    कोपेनहेगन, डेनमार्क । स्वीडेनका स्वास्थ्य अधिकारीहरूले बुधवार मोर्डनाको कोभिड -१९ विरुद्धकोको खोप ३० बर्ष वा सो भन्दा कम उमेरका मानिसहरूमा लगाउन बन्द गरेका छन् । 

    अधिकारीहरूले उक्त खोप रोक्नुको कारण यसको ‘साइड इफेक्ट’ प्रमुख रहेको जनाएका छन् । मुटुको मांसपेशी वा पेरिकार्डियम सुन्निने जस्ता साइड इफेक्टको बढ्दो जोखिमका कारण उक्त खोप लागाउँन हाललाई स्थगित गरिएको छ ।  

    स्वीडेनका प्रमुख महामारीविद् एन्डर्स टेगनेका अनुसार परिस्थितिलाई नजिकबाट नियालेर कोभिड विरुद्धको खोप पुनः लगाउँन सकेसम्म सुरक्षाको सुनिश्चिता भएपछि छिटै आवश्यक कदम चालिनेछ।  

    गत जुलाईमा युरोपेली औषधि एजेन्सीले १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिलाई उक्त  खोप लगाउँने अनुमति प्रदान गरेको थियो । युरोपेली युनियनका २७ देशहरूमा १८ वर्षमाथिका व्यक्तिहरूलाई सो खोप लगाउँन गत जनवरीमा अनुमति प्रदान गरिएको थियो। यद्यपि यो खोप हालसम्म बालबालिकालाई लगाउँन भने अनुमति दिइएको छैन । -एजेन्सी । 

    २०७८, आश्विन २१ बिहिवार०७:३८:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार