भारतमा नयाँ सङ्क्रमितमध्ये ५६ प्रतिशत केरलाका मात्रै

भारतमा नयाँ सङ्क्रमितमध्ये ५६ प्रतिशत केरलाका मात्रै

२०७८, आश्विन २२ शुक्रवार

  • 769
    SHARES

  • भारतमा नयाँ सङ्क्रमितमध्ये ५६ प्रतिशत केरलाका मात्रै

    नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितहरुमध्ये ५६ प्रतिशत केरला प्रदेशमा मात्रै भएको पाइएको छ । 

    पछिल्लो समयमा औसतमा दैनिक २० हजार नयाँ सङ्क्रमित हुने गरेकोमा झन्डै १० हजारभन्दा बढी केरलाका मात्रै भएको पाइएको हो । 

    केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार पछिल्लो हप्ताको विवरण सार्वजनिक गर्ने क्रममा यस्तो देखिएको समाचारमा जनाइएको छ । 

    मन्त्रालयका उपसचिव लभ अग्रवालले पछिल्लो २४ घण्टामा भने भारतमा २२ हजार ४३१ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिए ।  

    उनका अनुसार भारतमा पछिल्लो एक दिनमा कोरोनभाइरसबाट सङ्क्रमित भएर ३१८ जनाको मृत्यु भएको छ ।  

    तीमध्ये केरलामा मात्रै १२ हजार ६१६ जना सङ्क्रमित भएका छन् भने १३४ जनाको मृत्यु भएको छ ।

    भारतमा अहिले पनि दुई लाख ४४ हजार १९८ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जानकारी दिएको छ ।  

    पछिल्लो एक दिनमा २४ हजार ६०२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड ३२ लाख २५८ पुगेको छ । -एजेन्सी । 

     

     

     

     

    २०७८, आश्विन २२ शुक्रवार०७:२०:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार