नाइजेरियामा बन्दुकधारीद्वारा २४ जनाको हत्या

नाइजेरियामा बन्दुकधारीद्वारा २४ जनाको हत्या

२०७८, आश्विन २२ शुक्रवार

  • 781
    SHARES

  • नाइजेरियामा बन्दुकधारीद्वारा २४ जनाको हत्या

    कानो, नाइजेरिया । बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा कम्तीमा २४ जनाको मृत्यु भएको छ ।

    बन्दुकधारीहरूले देशको उत्तरपश्चिमी क्षेत्रका दुई ठाउँमा आक्रमण गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।

    आक्रमणकारीहरू आपराधिक समूहका बन्दुकधारी भएको पनि प्रहरी र स्थानीय बासिन्दाले दाबी गरेका छन् । 

    उनीहरूले केही समयदेखि देशको उत्तरीपश्चिमी तथा मध्यभागमा ठूलो सङ्ख्यामा आक्रमण गर्ने, अपहरण गर्ने, लुटपाट गर्ने, आगजनी गर्नेलगायतका हिंसात्मक क्रियाकलाप गर्दै आएका छन् ।  

    सरकारी सैनिकले गतहप्ता त्यस क्षेत्रका आक्रमणकारीहरूलाई निस्तेज पारेको दाबी गरे पनि उनीहरूले आक्रमणलाई निरन्तरता दिएका छन् ।

    बिहीबार मोटरसाइकलमा आएका सयौँ आक्रमणकारीहरूले देशको कात्सीना र जाम्फारा क्षेत्रमा आक्रमण गरेको जनाइएको छ ।  

    उनीहरूको आक्रमणमा परी स्थानीय बासिन्दाको मृत्यु भएको छ भने दर्जनौँको घरबार जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । -एजेन्सी । 

     

    २०७८, आश्विन २२ शुक्रवार०७:३०:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार