पाकिस्तानमा भूकम्पबाट एक सय बढी घाइते

पाकिस्तानमा भूकम्पबाट एक सय बढी घाइते

२०७८, आश्विन २२ शुक्रवार

  • 769
    SHARES

  • पाकिस्तानमा भूकम्पबाट एक सय बढी घाइते

    बलुचिस्तान, पाकिस्तान । पाकिस्तानको दक्षिणी प्रान्त बलुचिस्तानमा बिहीवार बिहानै गएको भूकम्प परी एक सय भन्दा बढी घाइते भएका पाकिस्तानी सञ्चार माध्यमहरुले शुक्रबार जानकारी दिएका छन्  ।  

    यद्यपी केही समाचार संस्थाले यहाँ कम्तीमा पनि १५० जना घाइते भएका जनाएका छन्   ।

    बिहीबार विहानै ५.९ रिक्टर स्केलको भूकम्प गएको र  यसमा परी कम्ती २० जनाको मृत्यु भएको हिजो सरकारी अधिकारीहरुले जानकारी दिएका थिए । भूकम्पमा परेका मृतकमध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन्  

    घाइते मध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । घाइते भएकामध्ये कतिपयको अवस्था गम्भीर  भएकोले अस्पतालमा उपचार भइरहेको छ ।

    बलुचिस्तानका आन्तरिक मामिलामन्त्री मीर जिआउल्लाहले सो प्रान्तका प्रभावित क्षेत्रमा आपत्कालीन सेवा शुरू गरिएको जनाउनु भएको छ   । -एजेन्सी ।

    २०७८, आश्विन २२ शुक्रवार०२:४४:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार