भारतमा कोरोनाभाइरसबाट थप २१ हजार सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट थप २१ हजार सङ्क्रमित

२०७८, आश्विन २२ शुक्रवार

  • 733
    SHARES

  • भारतमा कोरोनाभाइरसबाट थप २१ हजार सङ्क्रमित

    नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप २१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार भारतमा थप २१ हजार २५७ जना सङ्क्रमित भएका हुन । 

    केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ सङ्क्रमित थपिने गरेको जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख ४० हजार २२१ जना रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । 

    यो सङ्ख्या २०५ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ ।

    भारतमा पछिल्लो समयमा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै गइरहेको र नयाँ थपिने सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि कम हुदै गएको हो ।  -एजेन्सी ।

    २०७८, आश्विन २२ शुक्रवार०२:५२:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार