मलेसियामा बेरोजगारी दर घट्यो

मलेसियामा बेरोजगारी दर घट्यो

२०७८, आश्विन २२ शुक्रवार

  • 749
    SHARES

  • मलेसियामा बेरोजगारी दर घट्यो

    क्वालालम्पुर । मलेसियामा गत अगस्ट महिनामा बेरोजगारी दर घटेको छ । गत जुलाईमा बेरोजगारी दर ४.८ प्रतिशत रहेकोमा अहिले अगस्टमा घटेर ४.६ प्रतिशत पुगेको अधिकारीहरुले जनाएका छन् । 

    उनीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समयमा आर्थिक गतिविधि बढ्न थालेकाले बेरोजगारी दर घटेको हो । 

    “कोरोनाभाइरसको महामारीका कारण न्युन हुदै गएको आर्थिक गतिविधि पछिल्लो समय बढ्दै गएको छ, त्यसैले बेरोजगारी दर घटेको हो,” एक अधिकारीले भने ।

    मलेसियामा खोप लगाउन योग्य मध्ये झण्डै ८८ प्रतिशतले खोप लगाएकाले पनि महामारी कम हुदै गएको र आर्थिक गतिविधि बढी हुदै गएको हो । 

    “महामारी न्युनिकरण भएको सकारात्मक अवस्थाले अर्थतन्त्रमा पनि सकारात्मक नतिजा दिएको हो,” एक अधिकारीको भनाई छ  । -एजेन्सी ।

    २०७८, आश्विन २२ शुक्रवार०३:२९:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार