साउदी अरबको विमानस्थलमा ड्रोन आक्रमण

साउदी अरबको विमानस्थलमा ड्रोन आक्रमण

२०७८, आश्विन २३ शनिवार

  • 881
    SHARES

  • साउदी अरबको विमानस्थलमा ड्रोन आक्रमण

    काठमाडौँ। साउदी अरेबियाको जाजन सहरमा रहेको विमानस्थलमा ड्रोन हमला हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने एक दर्जन मानिस घाइते भएका छन् ।

    यमनसंग सिमाना जोडिएको उक्त सहरको विमानस्थलमा शुक्रबार राती हमला भएको हो ।

    ड्रोन आक्रमणबाट विमानस्थलमा रहेका ६ जना साउदी अरेवियन, ३ जना बङ्गलादेशी र एक जना सुडानीको मृत्यु भएको र विमानस्थलको भौतिक क्षति पनि ठुलो भएको जनाइएको छ ।

    घाइतेहरु मध्ये ५ जनाको अवस्था अज्ञात रहेको र पाँच जना सामान्य घाइते भएको पनि साउदी अधिकारीहरुलाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले जनाएका छन् ।

    आक्रमणको जिम्मा अहिलेसम्म कसैले नलिए पनि साउदी अरब नेतृत्वको सुरक्षा फौजमाथि निशाना लगाउँदै आएको यमनको हुथी फोर्सको हात रहेको अनुमान गरिएको छ । गत अगस्टमा पनि सोही विमानस्थलमा ड्रोन आक्रमण भएको थियो । एजेन्सी ।

    २०७८, आश्विन २३ शनिवार११:२६:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार