जर्मनीका विद्यालय सामान्य अवस्थामा फर्किने

जर्मनीका विद्यालय सामान्य अवस्थामा फर्किने

२०७८, आश्विन २३ शनिवार

  • 929
    SHARES

  • जर्मनीका विद्यालय सामान्य अवस्थामा फर्किने

    बर्लिन । जर्मनीका विद्यालयहरु अव चाडै नै सामान्य अवस्थामा फर्किने भएका छन् । 

    देशभरका सवै विद्यालयहरुमा अब पूर्ववत अवस्थामा झै अध्ययन अध्यापनको कार्य हुने सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन् । 
     
    कोरोनाभाइरसको डेल्टा भेरिएन्ट फैलिएपनि विद्यालय सञ्चालन गर्ने तयारी भइरहेको शिक्षा तथा संस्कृति मामिला मन्त्रीले शुक्रबार बताए । 

    “कोरोनाभाइरसको महामारी र अध्ययन अध्यापन कार्यका बीचमा तालमेल मिलाएर लैजानुपर्ने भएको छ, लामो समयसम्म यस्तै अवस्था गराइरहन सकिदैन,” उनले भने ।

    उनले विद्यार्थीहरूको कोरोना परीक्षण पनि तीव्र र निरन्तर रुपमा भइरहेको पनि जानकारी दिए ।  

    देशमै पहिलो पटक सरल्याण्ड प्रदेशका विद्यालयहरुमा गत हप्ता नै प्रतिवन्धात्मक व्यवस्थाहरु खुकुलो बनाइएको छ । 

    त्यसैगरी बाभारीया र बर्लिनमा पनि मास्क लगाउनुपर्ने लगायतका केही मापदण्ड पालना गरी अन्य कुरामा सजिलो बनाइएको छ ।

    जर्मनीमा अहिले दैनिक औसतमा ३०० का दरले कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित हुने गरेको सरकारी अधिकारीहरूले जनाएका छन् । एजेन्सी ।

    २०७८, आश्विन २३ शनिवार०२:२५:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार