भारत भ्रमण ‘द्विपक्षीय सम्बन्धमा कोसेढुङ्गा’ : डेनिस प्रधानमन्त्री

भारत भ्रमण ‘द्विपक्षीय सम्बन्धमा कोसेढुङ्गा’ : डेनिस प्रधानमन्त्री

२०७८, आश्विन २३ शनिवार

  • 949
    SHARES

  • भारत भ्रमण ‘द्विपक्षीय सम्बन्धमा कोसेढुङ्गा’ : डेनिस प्रधानमन्त्री

    नयाँ दिल्ली । डेनमार्कले भारतलाई ‘घनिष्ठ साझेदार’ मानेको उल्लेख गर्दै डेनिस प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले आफ्नो नयाँ दिल्लीको भ्रमणलाई दुई राष्ट्रबीचको सम्बन्धका लागि कोसेढुङ्गाको रूपमा लिएको शनिबार बताएका छन् । 

    तीन दिने भ्रमणमा रहेका फ्रेडरिकसेनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनमा एक औपचारिक कार्यक्रम गरी स्वागत गरेका छन् । 

    “हामी भारतलाई घनिष्ठ साझेदार ठान्छौं । यो भ्रमण डेनमार्क–भारत द्विपक्षीय सम्बन्धका लागि कोशेढुंगाको रूपमा म देख्छु,” उनले भने । 

    भ्रमणका क्रममा फ्रेडरिकसेनले राष्ट्रपति रामनाथ कोविन्दलाई शनिबार नै भेटेका छन् । त्यसपछि लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरेका छन् । उनले थिङ्क ट्यांक, विद्यार्थी र नागरिक समाजका सदस्यहरूसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

    उनी कोभिड–१९ प्रतिबन्ध लगाइएपछि गत मार्चदेखि भारत भ्रमण गर्ने पहिलो राज्य प्रमुख भएका कारण भारतले मेटे फ्रेडरिकसेनको भ्रमणलाई निकै महत्वपूर्ण भनेको छ । यसै वर्षको सुरुतिर विदेशमामिला मन्त्री डा। एस जयशंकरले डेनमार्क भ्रमण गरेका थिए । 

    भारत र डेनमार्कको व्यापार र लगानीको सम्बन्ध बलियो छ । भारतमा २०० भन्दा बढी डेनिस कम्पनीहरू उपस्थित छन् र डेनमार्कमा  ६० भन्दा बढी भारतीय कम्पनीहरूको उपस्थिति छ । 

    नवीकरणीय ऊर्जा, स्वच्छ प्रविधि, जल तथा फोहोर व्यवस्थापन, कृषि तथा पशुपालन, विज्ञान तथा प्रविधि, आइसिटी, स्मार्ट सिटी, ढुवानी लगायतका क्षेत्रमा बलियो सहकार्य रहेको छ ।-एजेन्सी ।

    २०७८, आश्विन २३ शनिवार०२:३३:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार