अफगानिस्तानबाट बाहिरिएपछि अमेरिका र तालिबानबीच पहिलो वार्ता

अफगानिस्तानबाट बाहिरिएपछि अमेरिका र तालिबानबीच पहिलो वार्ता

२०७८, आश्विन २४ आइतवार

  • 985
    SHARES

  • अफगानिस्तानबाट बाहिरिएपछि अमेरिका र तालिबानबीच पहिलो वार्ता

    इस्लामाबाद । तालिबानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधि बीच अफगानिस्तानमा वार्ता हुँदै छ । अमेरिकी सेना फिर्ता र तालिबानीहरूले अफगानिस्तानमा कब्जा जमाएपछि हुन लागेको यो वार्ता महत्त्वपूर्ण मानिएको छ ।

    चरमपन्थी समूहहरूलाई समात्न र देशबाट विदेशी नागरिक र अफगानिस्तानको निकासीलाई सहज बनाउने विषयमा अमेरिकी प्रतिनिधि र तालिबानी अदीकारीहरू बीच शनिबार र आइतबार वार्ता हुँदैछ ।

    अगस्टको अन्त्यमा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि त्यहाँ २० वर्षको सैन्य उपस्थिति समाप्त भएको र अफगानिस्तानको सत्तामा तालिबानको उदय भएपछि हुन लागेको यो बैठकलाई निकै चासोपूर्वक हेरिएको छ । वार्ता कतारको राजधानी दोहामा हुने भएको छ ।

    दोहामा रहेका तालिबान प्रवक्ता सुहेल शाहीनले शनिबार एसोसिएटेड प्रेसलाई  बताएअनुसार वार्ताले तालिबानले सन् २०२० मा वाशिङ्टनटनसँग गरेको शान्ति सम्झौताको पुनरावलोकन गर्नेछ । -एजेन्सी । 

    २०७८, आश्विन २४ आइतवार०७:५६:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार