जलविद्युत्, पर्यटन र कृषिमार्फत मुलुकको विकास गर्नुपर्छ : महामन्त्री डा कोइराला

जलविद्युत्, पर्यटन र कृषिमार्फत मुलुकको विकास गर्नुपर्छ : महामन्त्री डा कोइराला

२०७८, आश्विन २४ आइतवार

  • 845
    SHARES

  • जलविद्युत्, पर्यटन र कृषिमार्फत मुलुकको विकास गर्नुपर्छ : महामन्त्री डा कोइराला

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले जलविद्युत्, पर्यटन र कृषिमार्फत मुलुकको आर्थिक विकास गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस धादिङ–काठमाडौँ सम्पर्क समितिले दसैँका अवसरमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा बोल्दै उनले जलविद्युत्, पर्यटन र कृषिको प्रचुर सम्भावना भएको मुलुक नेपालले सोही चिजलाई उपयोग गरेर विकास गर्नुपर्ने बताएका हुन् ।  

    महामन्त्री डा कोइरालाले कांग्रेसभित्रको गुठको अन्त्यका लागि आफूले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेद्वार दिन लागेको बताए । “काँग्रेसलाई एकढिक्का बनाउनका लागि मेरो सभापति पदमा उम्मेद्वारी रहन्छ”, डा कोइरालाले भने ।  

    कांग्रेस धादिङका सभापति रमेश धमलाले पार्टीलाई नयाँ सोच र दृष्टिकोणबाट अगाडि बढाउन आवश्यक रहेको बताए । “कांग्रेसले पार्टीको नीति, सिद्धान्त र आदर्श विना कसैसँग सम्झौता गर्नु हुँदैन”, उनले भने । जनतालाई काँग्रेसप्रति ठूलो भरोसा र विश्वास रहेको उनको भनाइ थियो । कांग्रेस धादिङका पूर्वसभापति एवं पूर्वसांसद रामनाथ अधिकारीले पार्टीभित्र संस्कारको राजनीति हराउँदै गएको बताए । पार्टीको सिद्धान्त र विचार विपरित कांग्रेस अगाडि बढेको उनको भनाइ थियो । 

    सम्पर्क समितिका सभापति ईन्द्रप्रसाद काप्रीले पार्टीभित्र देखिएको गुठ उपगुठको अन्त्य नभएसम्म पार्टीले आगामी निर्वाचनमा जित हाँसिल गर्न नसक्ने बताए । 

    २०७८, आश्विन २४ आइतवार०८:०८:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार