आज नेकपाको सातै प्रदेशमा भेला

आज नेकपाको सातै प्रदेशमा भेला

२०७७, पौष ८ बुधवार

  • 2.2K
    SHARES

  • आज नेकपाको सातै प्रदेशमा भेला

    पौष ८, काठमाडौं । 

    केन्द्रीय कमिटीको विस्तारसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पछिल्लो राजनीतिक घटना र साङ्गठनिक स्थितिबारे प्रदेशगत प्रशिक्षण शुरु गरेको छ ।

    सो पार्टीले मंगलवार देखि काठमाडौँमा वाग्मती प्रदेश कमिटीको दुईदिने प्रशिक्षणमूलक भेला शुरु गरेको हो ।  

    त्यसै गरि आज सातै प्रदेशमा एकै समय दिनको ठीक १२ बजे प्रदेश स्तरिय भेला आयोजना गरिएको केन्द्रीय सदस्य कृष्ण राईले बताए ।  

    प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बिहान अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा सम्पन्न सो पार्टीको केन्द्रीय कमिटी बैठकले ५५६ सदस्य थप गरेको थियो । सो पार्टीले हिजै थपिएको नयाँ सूची निर्वाचन आयोगसमक्ष बुझाएको छ ।

    २०७७, पौष ८ बुधवार०६:३७:४३
    प्रतिक्रिया
    सम्बन्धित समाचार