नेपाल वायु सेवा निगममा ‘ई–टिकट लागू गर्नुस्’ : मन्त्री आले

नेपाल वायु सेवा निगममा ‘ई–टिकट लागू गर्नुस्’ : मन्त्री आले

२०७८, आश्विन २४ आइतवार

  • 977
    SHARES

  • नेपाल वायु सेवा निगममा ‘ई–टिकट लागू गर्नुस्’ : मन्त्री आले

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमलाई तत्काल ई–टिकटिङ लागू गर्न निर्देशन दिएका छन् ।

    मन्त्रालयमा आइतवार आयोजना गरिएको मन्त्रालय एवं अन्तर्गतका निकायका प्रमुखहरूसँगको छलफल कार्यक्रममा मन्त्री आलेले नेपालको ध्वजावाहक नेपाल वायु सेवा निगमबाट प्रदान गरिने सेवाहरू विद्युतीय माध्यमबाट प्रदान गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिए । 

    उनले भने,  ूनेपाल वायु सेवा निगमबाट प्रदान गरिने सेवाहरू नागरिकले छिटोछरितो जानकारी लिनका लागि सेवाहरू विद्युतीय माध्यमबाट जानकारी दिनसक्ने गरी व्यवस्था गर्नुस्, निगमबारे सबैले नागरिकले जानकारी पाउन सकून्”, निर्देशनकै क्रममा मन्त्री आलेले नेपालको एक मात्र राष्ट्रिय ध्वजावाहक विमान सेवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सबैले हातेमालो गर्नुपर्ने बताए । नेपाल वायु सेवा निगमलाई प्रतिस्पर्धी बनाएर यसको संरक्षण तथा संवद्र्धन गर्नसमेत मन्त्री आलेले आग्रह गरे । 

    सो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सचिव यादवप्रसाद कोइरालाले नेपाल वायु सेवा विमानको खस्किँदो अवस्था भएकाले उक्त अवस्थालाई माथि उकास्न लागि ठोस पहलकदमी चाल्नुपर्ने बताए ।

    सो कार्यक्रममा मन्त्रलयमा तह त निकायका कर्मचारीहरूले आफ्ना विभाग तथा कार्यालयमा हालसम्म भए गरेका समस्या तथा चुनौतीबारे मन्त्री आलेलाई क्रमशः जानकारी गराएका थिए ।

     

     

     

     

     


     

    २०७८, आश्विन २४ आइतवार१०:२८:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार