फ्रान्सका पूर्वप्रधानमन्त्रीको नयाँ राजनीतिक पार्टी

फ्रान्सका पूर्वप्रधानमन्त्रीको नयाँ राजनीतिक पार्टी

२०७८, आश्विन २५ सोमवार

  • 1.2K
    SHARES

  • फ्रान्सका पूर्वप्रधानमन्त्रीको नयाँ राजनीतिक पार्टी

    पेरिस । फ्रान्सका पूर्व प्रधानमन्त्री एडुआर्ड फिलिपले नयाँ राजनीतिक पार्टी खोलेका छन् । 

    पूर्वप्रधानमन्त्री फिलिपले शनिबार हाभ्रेमा नयाँ पार्टी बारे जानकारी दिदै भने, हामीले बनाएको पार्टीको नाम होराइजन्सको हो ।

    टाढा(टाढासम्म देख्नका लागि र राम्रो काम गर्नका यो आवश्यक छ । फिलिप हाभ्रेका पूर्व मेयर समेत हुन् । आफ्नो पार्टीको रणनीतिक लक्ष्यका बारेमा प्रष्ट पार्दै फिलिपले भने, देशको दीर्घकालीन रणनीति र विकासको लक्ष्यका निम्ति टाढा-टाढासम्म देख्नसक्नुपर्छ । तपाइँले टाढा हेर्नुपर्छ, किनकि यदि तपाइँ साँच्चै देशको रणनीतिका बारेमा सोच्न चाहानुहुन्छ भने २०५० सम्ममा तपाइँ आफ्नो अगाडि मात्र होइन टाढा-टाढा सम्म हेर्नुहोस् ।“ नेता फिलिपले भने ।  

    उनले आफ्ना समर्थकहरूलाई नयाँ राजनीतिक विकल्पको निर्माणमा भाग लिनका लागि समेत आह्वान गर्दै देशलाई माया गर्न र समुन्नत बनाउँन समेत आग्रह गरेका छन् ।  

    पूर्व प्रधानमन्त्रीले फिलिपले आगामी राष्ट्रपति चुनावमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई समर्थन गर्ने बताएका छन् । नेता फिलिपले २०२२ निर्वाचनमा राष्ट्रपति इमानुएल म्याक्रोनलाई पुनः निर्वाचित गराउँन आफू प्रतिबद्ध रहेको समेत बताएका छन् । 

    होराइजन्स पार्टी अर्को चुनावका लागि तयार हुनेछ र नेता फिलिपलाई सन् २०२७ को चुनावमा राष्ट्रपतिको उमेद्वार बनाउँनेछ । एजेन्सी । 

     

    २०७८, आश्विन २५ सोमवार०८:०१:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार