अफगानिस्तानमा मानवीय सहायताको खाँचो

अफगानिस्तानमा मानवीय सहायताको खाँचो

२०७८, आश्विन २७ बुधवार

  • 1.3K
    SHARES

  • अफगानिस्तानमा मानवीय सहायताको खाँचो

    रोम । अफगानिस्तानका नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको औँल्याइएको छ । अफगानिस्तानका विषयमा भएको जि२० को जुम बैठकपछि पत्रकारसँग कुराकानी गर्दै इटालीका प्रधानमन्त्री मारिओ ड्राघीले सो कुरा बताएका हुन् । 

    उक्त बैठकपछि उनहाँले समाचारदाताहरुसँग भने – हामीले अफगानिस्तानको अवस्थालगायत धेरै विषयमा कुराकानी गरेका छौँ, मलाई लाग्छ यहाँको अवस्था अहिले नै नाजुक छ, यहाँका नागरिकलाई मानवीय सहायताको खाँचो छ । 

    इटालीले अफगानिस्तानको विषयलाई लिएर जि२० का सदस्य राष्ट्रहरुको जुम बैठक आयोजना गरेको थियो । सो बैठकमा जि२० का सबै देशका सरकार तथा राज्य प्रमुखहरु सहभागी थिए । 

    अफगानिस्तानमा विद्रोह गरिरहेका तालिबानीहरुले गत महिना यहाँको सत्ता हत्याएका थिए । त्यसपछि त्यहाँबाट अमेरिकी सेना फिर्ता भएको छ भने विश्वका देशहरुले पनि अफगानिस्तानमा दिने सहायता रोकेका छन् । 

    यसै कारणले अफगानिस्तानको आर्थिक अवस्था पनि नाजुक बन्दै गएको बताइएको छ ।- एजेन्सी ।

    २०७८, आश्विन २७ बुधवार०४:०३:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार