नेपाल र भारत साफको फाइनलमा

नेपाल र भारत साफको फाइनलमा

२०७८, आश्विन २८ बिहिवार

  • 1.7K
    SHARES

  • नेपाल र भारत साफको फाइनलमा

    काठमाडौँ । नेपालले साफ च्याम्पियनसीप–२०२१ को फाइनल खेल पहिलो पटक खेल्ने भएको छ । माल्दिभ्समा जारी खेल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बङ्ग्लादेशसँग बराबरी खेलेपछि नेपालले फाइनल खेलमा आफ्नो स्थान सुरक्षित बनाएको हो । 

    राउण्ड रोबिन लिगअन्तर्गतको आजको खेलमा १० खेलाडीमा सीमित रहेको बङ्गलादेशसँग नेपालले १–१ गोलको बराबरी खेल खेलेको हो । मालेस्थित राष्ट्रिय रङ्गशालामा भएको खेलमा खेलको नवौँ मिनेटमा बङ्गलादेशका सुमन रिजाले गोल गरेर आफ्नो देशलाई अग्रता दिलाएका थिए ।

    नेपालका लागि अञ्जन विष्टले दोस्रो हाफको ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएका थिए ।

    त्यस्तै, वुधवार नै भएको समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई ३-१ले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । यसअघि समूह चरणको खेलमा नेपाल भारतसँग पराजित भएको थियो ।

    फाइनल खेल आगामी शनिबार राति ८:४५ मा हुनेछ ।

    २०७८, आश्विन २८ बिहिवार०८:०६:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार