भारतम थप १४ हजार १४६ जना सङ्क्रमित

भारतम थप १४ हजार १४६ जना सङ्क्रमित

२०७८, आश्विन ३१ आइतवार

  • 821
    SHARES

  • भारतम थप १४ हजार १४६ जना सङ्क्रमित

    नयाँ दिल्ली । पछिल्लो एक दिनमा भारतमा १४ हजार १४६ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । यो सङ्ख्या २२९ दिनयताको सवभन्दा कम भएको पनि सो मन्त्रालयले जनाएको छ।

    मन्त्रालयकाअनुसार भारतमा पछिल्लो एक दिनमा १९ हजार ७८८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोना मुक्त सङ्ख्या तीन करोड ३४ लाख १९ हजार ७४९ पुगेको सो मन्त्रालयले जनाएको छ ।  यहाँ हाल ९८ः १० प्रतिशत व्यक्ति कोरोनाभाइरसबाट मुक्त भएका छन् ।

    भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने १ लाख ९५ हजार ८४६ पुगेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या २२० दिन यताको सव भन्दा कम भएको समाचारमा जनाइएको छ । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ४० लाख ६७ हजार ७१९ जना पुगेको छ ।

    यसैसँगै भारतमा कोरोना शुरु भएयता अहिलेसम्म कुल चार लाख ५२ हजार १२४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएका छन् ।-एजेन्सी । 

    २०७८, आश्विन ३१ आइतवार०३:१०:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार