आगलागीमा परी एक परिवारका सात व्यक्तिको मृत्यु

आगलागीमा परी एक परिवारका सात व्यक्तिको मृत्यु

२०७८, आश्विन ३१ आइतवार

  • 1.2K
    SHARES

  • आगलागीमा परी एक परिवारका सात व्यक्तिको मृत्यु

    इस्लामाबाद । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको आगलागीमा परी एकै परिवारमा सात व्यक्तिको मृत्यु भएको छ । 

    पञ्जाब प्रान्तको मुजफारगढ जिल्लामा रहेको एक घरमा भएको आगलागीमा परी एकै परिवारका बालबालिका र महिलाहरूसहित सात व्यक्तिको मृत्यु भएको हो । 

    सुतिरहेको अवस्थामा ठूलो आगलागी भएका कारणले उनीहरू भाग्न पनि नपाएका जनाइएको छ ।  

    आगलागीमा परी ज्यान गुमाएकाहरूमा  चार बालबालिका दुई महिला रहेका छन् । ती चार बालबालिका दुई महिनादेखि १० वर्षसम्मका रहेका थिए । -एजेन्सी ।




    २०७८, आश्विन ३१ आइतवार०९:३४:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार