रु. ९०० ले घट्यो सुनको मूल्य

रु. ९०० ले घट्यो सुनको मूल्य

२०७७, पौष ८ बुधवार

  • 1.4K
    SHARES

  • रु. ९०० ले घट्यो सुनको मूल्य

    पौष ८, काठमाडौं । 

    स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ । छापावाला सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ९०० मा कारोवार भएको थियो । प्रतितोला रु ९०० ले आज ओरालो लागी रु ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकामा आज भने प्रतितोला रु ९३ हजार ५०० मा कारोवार हुने गरी मूल्य तोकिएको छ । यसैगरी चाँदी प्रतितोला रु ५० ले घटेको छ ।

    प्रतितोला रु एक हजार ३१५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको छ 

    २०७७, पौष ८ बुधवार१२:२८:५४
    प्रतिक्रिया
    सम्बन्धित समाचार