बन्दुकधारीको आक्रमणमा परी कम्तीमा ३० को मृत्यु

बन्दुकधारीको आक्रमणमा परी कम्तीमा ३० को मृत्यु

२०७८, कार्तिक २ मंगलवार

  • 849
    SHARES

  • बन्दुकधारीको आक्रमणमा परी कम्तीमा ३० को मृत्यु

    लागोस । बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ३० जनाको मृत्यु भएको छ । 

    देशको उत्तरपश्चिम क्षेत्रमा पर्ने सोकोटो राज्यमा आइतबार राति बन्दुकधारीहरूले आक्रमण गरेको सरकारी अधिकारीहरूले सोमबार जनाएका छन् । 

    प्रदेश गर्भनर अमिनु वाजिरी ताम्बुवालले सोमबार जारी गरेको वक्तव्यका अनुसार प्रदेशअन्तर्गतको गोरोन्यो सहरमा उनीहरूले आक्रमण गरेका हुन् । 

    “आक्रमणस्थलमा गोरोन्यो स्थानीय सरकारको मुख्य कार्यालय रहेको थियो, घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ,” वक्तव्यमा लेखिएको छ ।

    प्रत्यक्षदर्शीहरूले मोटरसाइकलमा १५० देखि २०० को सङ्ख्यामा आएका आक्रमणकारीहरूले आक्रमण गरेर भागेको जानकारी दिएका छन् ।  

    “आक्रमणकारीहरू मोटरसाइकलमा आएर बजारको भीडभाडमा पसे, अनि अन्धाधुन्द गोली चलाएर भागे,” एक प्रत्यक्षदर्शीले भने । 

    आक्रमण गर्ने, हत्या गर्ने, अपहरण गर्ने लगायतका घटनाहरू धेरै हुँदै गएकाले यस क्षेत्रमा सुरक्षा चुनौती थपिँदै गएको स्थानीयको भनाइ छ । 

    उनीहरूले घना बस्ती भएको यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्न पनि सरोकारवालाहरूसँग माग गरेका छन् ।  

    नाइजेरियाका विभिन्न ठाउँमा पछिल्लो समय बन्दुकधारीहरूको आक्रमणका घटना बढ्दै गएको पाइएको छ ।  एजेन्सी ।

     

    २०७८, कार्तिक २ मंगलवार०७:२६:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार